बाँके । बाँकेको बैजनाथ गाउँपालिका–०३ स्थित श्री बागेश्वरी माध्यामिक विद्यालय गाभरसंग रोटरी क्लब अफ सेन्ट्रल बांकेले ३ बर्षको लागि School Adopt Project MOU मा हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ । सोहि कार्यक्रम बिच क्लबले बायो स्यान्ड फिल्टर हस्तान्तरण पनि गरेको छ।
आगामी रोटा बर्ष २०२६-२७ का अध्यक्ष ईश्वरी जंग मल्लले विध्यालय व्यवस्थापन समितीका अध्यक्ष र प्रधानाध्यापकको रोहबरमा School Adopt समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त समझदारी पत्र जुलाई ०१ २०२६ देखि जुन २०२९ सम्म लागु रहनेछ । रोटा बर्ष २०२६-२७ का अध्यक्षले समझदारी पत्र अनुसार ३ बर्षको अवधिमा रोटरी क्लब अफ सेन्ट्रल बांकेले विधालयमा रोटरीका ७ फोकस क्षेत्रमा कार्यक्रम संचालन गरी समग्र विध्यालयको बृद्दि विकासमा सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको हो ।


र साथै क्लबका रोटा बर्ष २०२५-२६ का बर्तमान अध्यक्ष गंगाराम चौलागाईले उक्त कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भावना चौधरी र प्रधानाध्यापक हिक्मत कुमार बि.सी. लाई बायो स्याण्ड फिल्टर हस्तान्तरण गर्नुभएको हो ।
रोटरी क्लव अफ पाटन साउथको विशेष सहयोगमा फिल्टर हस्तान्तरण गरिएको जानकारी दिदै रोटरी क्वल अफ सेन्ट्रल बांकेका पुर्व अध्यक्ष तथा सर्भिस प्रोजेक्ट चेयर किशोर कृष्ण भण्डारीले रोटरी क्लव अफ पाटन साउथलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसरी नै सहकार्य गर्ने अपेक्ष रहेको जानकारी दिनु भयो ।
फिल्टर जडानसँगै विद्यालयमा स्वच्छ तथा सुरक्षित पिउने पानीको पहुँच बढाउने विश्वास गरिएको छ। बायो स्यान्ड फिल्टर जडान भएपछि विद्यार्थी तथा शिक्षकहरूले शुद्ध पानी प्रयोग गर्न पाउनेछन्, जसले पानीजन्य रोग न्यूनीकरण गर्न मद्दत पुर्याउने रोटरी क्लव अफ सेन्ट्रल बांकेका अध्यक्ष गंगाराम चौलागांईले बताउनु भयो । । साथै यसले विद्यालयमा सरसफाइ, स्वास्थ्य सचेतना र स्वच्छ वातावरण प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
रोटरी क्लब अफ सेन्ट्रल बांकेको यस सामाजिक कार्यप्रति विद्यालयका शिक्षक लक्ष्मण शाही लगायत विध्यालय परिवारले आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको स्वास्थ्य र शिक्षामा सकारात्मक प्रभाव पार्ने बताएका छन्।
फिल्टर हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष गंगाराम चौलागाई सहित पुर्ब अध्यक्ष किशोर भण्डारी, अध्यक्ष (२०२६-२७) ईश्वरी जंग मल्ल, क्लब प्रशासन प्रमुख मोहबिर खड्का र पत्रकार दिनेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।





