Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा तास खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का ४५ वर्षीय इन्द्र श्रेष्ठ प्रमुख छन्। उनी हाल कागेश्वरी मनोहरा–७ स्थित श्यामकृष्ण श्रेष्ठको घरमा बस्दै आएका थिए। सोही घरमा जुवा तास खेलिरहेका बेला प्रहरीले राति उनीहरूलाई नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार, घटनास्थलबाट नगद ९३ हजार ७६० रुपैयाँ र तीन बुक तास बरामद गरिएको छ। प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech