Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

जनकपुरधाम — जनकपुरधाममा केही अधिवक्ताहरूको समूहद्वारा पत्रकारमाथि भएको सांघातिक आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक अनुसन्धान थालेको छ।

आयोगको मधेश प्रदेश कार्यालयको टोलीले सोमबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालयमा पुगेर घटनाको प्रत्यक्ष विवरण संकलन गरेको हो। टोलीमा मानव अधिकार अधिकृत किरण घिमिरे, राहुल कुमार ठाकुर र सूचना प्रविधि शाखाका ऋषिकुमार झा सहभागी थिए।

घटनामा महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखामा चोट लागेको र पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको महासंघले आयोगलाई जानकारी गराएको छ। साथै, महिला पत्रकार ज्योति झा र विनीता यादवमाथि लैङ्गिक संवेदनशीलतालाई बेवास्ता गर्दै दुर्व्यवहार भएको आरोप पनि लगाइएको छ।

महासंघका पदाधिकारीहरूले दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन र कानुनी राज्यको मर्यादा कायम गर्न आयोगलाई आग्रह गरेका छन्। आयोगले विस्तृत अनुसन्धानपछि छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

यस घटनाप्रति मिडिया काउन्सिल, आम सञ्चार प्राधिकरण र इन्सेकको मधेश प्रदेश कार्यालयले पनि चासो देखाएका छन्। ती निकायका प्रतिनिधिहरूले घाइते पत्रकारहरूलाई भेटेर घटनाबारे जानकारी लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech