कैलाली – कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणपछि जिल्ला प्रशासनको नेतृत्वमा परिवर्तन भएको छ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन बहादुर हमाललाई पदमुक्त गर्दै उनको स्थानमा दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई कैलाली पठाउने निर्णय गरेको हो।


यो निर्णय बुधबार गृहमन्त्री स्तरीय बैठकबाट पारित भएको हो।
साउन २४ गते राति कैलाली कारागारमा भएको झडपमा धनगढीका भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए।
हमालमाथि झडपको संवेदनशील अवस्थामा समस्या समाधानमा चासो नदिएको, अनधिकृत रूपमा कैदीबन्दी सरुवा गरेको, कैदीबन्दीबाट मोबाइल जफत गर्दा त्यसको छानबिन नगरेको, र तत्कालीन जेलर वसन्त खत्रीमाथि कारबाही नगरेकोजस्ता गम्भीर आरोपहरू लागेको जनाइएको छ।
गृह मन्त्रालयको यो कदमलाई धेरैले कारागारमा बढ्दो अव्यवस्था र सुरक्षा कमजोरीको परिणामका रूपमा हेरेका छन्।






