Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

 

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबई चेकपोष्टमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएका करिब दुई लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।

प्रहरी सनिरीक्षक हर्कबहादुर तिरुवाको कमाण्डमा खटिएको ६ जनाको टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेका सवारी साधनमा चेकजाँच गर्ने क्रममा यी सामान बरामद गरेको हो। बरामद सामानमा २०० केजी चिनी, ६२ थान कुर्ता सुरुवाल, १० जोर जिन्स पाइन्ट र सर्ट, ११ पिस गेम टी–सर्ट, १६ पिस बच्चाको बक्स पाइन्ट, ७ पिस बच्चाको फराक, १५ पिस कुर्ती, २ पिस घरेलु धोती, २४ पिस साडी र ४ जोर बच्चाको हाफ जिन्स पाइन्ट तथा सर्ट रहेका छन्।

यी सामानको कुल मूल्य करिब रु. २ लाख ३ हजार ३ सय रहेको प्रहरीले जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बबईमा राखिएको छ भने संलग्न सवारी साधनलाई भने गन्तव्यतर्फ पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech