
नेपालगञ्ज । अखिल (क्रान्तिकारी) बाँकेको दोस्रो पूर्ण विस्तारित बैठक जिल्ला अध्यक्ष सुनिल बटालाको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले बाँकेको विभिन्न पालिकाका इन्चार्ज तोकेको छ। नेपालगन्जका लागि भरत राज बुढथापा, कोहलपुरका लागि शान्ती बि.क, बैजनाथका लागि दिपेन्द्र शाही, खजुराका लागि सुभाष मल्ल, जानकीका लागि ईश्वर चन्द, डुढुवाका लागि जनक बिएल, राप्तिसोनारीका लागि जनक शर्मा, नरैनापुरका लागि स्वस्तिका थारु र महेन्द्र बहुमुखी क्याम्पसका लागि उपेन्द्र आचार्यलाई जिम्मेवारी तोकिएको हो।बैठकमा संगठनका उपमहासचिव रेशम अधिकारिको समेत उपस्थिति र मन्तव्य रहेको थियो । उपमहासचिव अधिकारीले विद्यार्थी नै सही बौद्धिक नेतृत्व निर्माण गर्ने आधार शक्ति भएको भन्दै संगठनका अभियानलाई प्रभावकारी ढङ्गले अघि बढाउन सबैलाई आह्वान गरेका छन् ।


बैठकले संगठनलाई थप सबल बनाउन एक महिनासम्म संगठन विस्तार अभियान सञ्चालन गर्ने र आगामी दिनमा गतिविधिहरूलाई अझ सक्रिय बनाउने निर्णय गरेको छ।
बैठकमा नेकपा (माओवादी केन्द्र) स्थाइ कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि सुवेदीले संगठनलाई सबल र गतिशील बनाउन युवाको योगदान अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूको सक्रिय सहभागिता नै भविष्यको नेतृत्व निर्माणको आधार हुने बताइन्।

त्यसैगरी, माओवादी बाँके संयोजक जेम्सले संगठनलाई अझ गतिशील बनाउन निर्देशन दिँदै अबको विद्यार्थी आन्दोलनबाट नै सही बौद्धिक नेतृत्वको विकास हुने धारणा राखेका थिए।






