Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

 

बाँके, ३१ साउन । बाँकेको कोहलपुरमा शनिबार साँझ दुई गाडी एक आपसमा ठोक्किँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

इलाका प्रशासन कार्यालय (इ.प्र.का) कोहलपुरका अनुसार साँझ करिब ५:२५ बजे कोहलपुर नगरपालिका–११ हरियाली मार्गस्थित रुकमेली शिव होटल एण्ड लज नजिक दुर्घटना भएको हो।

न्युरोडतर्फबाट पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको भे १ च ४२४७ नम्बरको महिन्द्राको स्कारपियो पिकअप (चालक: टिकाराम भट्टराई, ५८ वर्ष, कोहलपुर–१२) र इ.प्र.का कोहलपुरबाट कृषि बजारतर्फ गइरहेको लु १ झ ४६५ नम्बरको टाटा सफारी (चालक: किरण अधिकारी, २५ वर्ष, अर्घाखाँची) एक आपसमा ठोक्किएका हुन्।

सफारी गाडीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयका सचिव ईश्वर पौडेल सवार रहेका थिए। दुर्घटनामा कसैलाई पनि शारीरिक चोटपटक नपरेको प्रहरीले जनाएको छ।

तर, लु १ झ ४६५ नम्बरको सफारी गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ भने स्कारपियोको चालक साइडको पछाडिको ढोकामा क्षति पुगेको छ।

घटनापछि  ट्राफिकसहितको ६ जनाको टोली घटनास्थलमा पुगेको थियो। दुबै पक्षलाई छलफलका लागि जिल्ला ट्राफिक कार्यालय कोहलपुरमा पठाइएको छ।

उक्त स्थान इ.प्र.का कोहलपुरबाट करिब ८०० मिटर पश्चिम् मा पर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech