Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं— मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा फरार रहेका कलबहादुर बस्नेत अन्ततः पक्राउ परेका छन्।

कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने र रूकुम पश्चिम, बाफिकोट गाउँपालिका–२ घर भएका बस्नेतलाई युनाइटेड अरब इमिरेट्स (युएई) मा पक्राउ गरी सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (एनसीबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ पुस ११ गते उनलाई पक्राउ गर्न रेड नोटिस जारी गरेको थियो। उक्त नोटिस जारी भएदेखि फरार रहेका बस्नेतलाई एनसीबी अबु धाबी, युएईको समन्वयमा पक्राउ गरिएको हो।

नेपाल फर्काइएका बस्नेतलाई अब सम्बन्धित मुद्दामा कानुनी कारबाही अघि बढाउन मानव बेचबिखन ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech