सुर्खेत । नेपालकै कान्छो प्रदेशको रूपमा स्थापित कर्णाली प्रदेशले यस वर्ष पनि आफ्नो स्थापना दिवस विशेष कार्यक्रमसहित मनाउन लागेको छ।


शहीदहरूको बलिदानी र संघर्षका कारण प्राप्त प्रदेशको ऐतिहासिक दिनलाई स्मरण गर्न प्रदेश सरकारले भव्य कार्यक्रम तय गरेको छ। यस अवसरमा भदौ ४ गते बुधबार कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ।
स्थापना दिवसको अवसरमा प्रदेशभर उत्सवमय वातावरण बनाउने उद्देश्यले भदौ ३ गतेदेखि ५ गतेसम्म तीन दिन विभिन्न सांस्कृतिक, औपचारिक तथा जनस्तरका कार्यक्रम आयोजना हुने कर्णाली प्रदेश सरकारले जनाएको छ।
यसरी कार्यक्रममार्फत प्रदेशको पहिचान, ऐतिहासिक योगदान र भावी योजनाबारे चर्चा–प्रचार हुने अपेक्षा गरिएको छ।





