Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं । विज्ञापन बोर्डले सूचीकरण बिना विज्ञापन कारोबार गरेको आरोपमा ललितपुरस्थित ब्राण्ड डिजिटल लजिक र काठमाडौंस्थित टिसिएम स्पोर्टस एण्ड मार्केटिङ प्रालि लाई कारबाही गरेको छ।

बोर्डले दुवै एजेन्सीलाई १०–१० हजार रुपैयाँ जरिवाना तिराएको छ र तीन महिनासम्म कुनै पनि विज्ञापन तथा सूचना प्रकाशन/प्रसारण गर्न रोक लगाएको छ। सो अवधिभर यी कम्पनीहरूलाई बोर्डमा सूचीकरण गर्न पनि निषेध गरिएको छ।

बोर्डको सूचनामा भनिएको छ–
“२०८२ साल असोज २० गतेसम्म ब्राण्ड डिजिटल लजिक प्रालि र टिसिएम स्पोर्टस एण्ड मार्केटिङ प्रालिसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न अनुरोध छ।”

क्यानलाई सचेत

नेपाल क्रिकेट संघ (क्यान) लाई समेत बोर्डले सचेत गराएको छ। २०८० मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा विदेशी कम्पनीमार्फत स्टार स्पोर्टस च्यानलबाट विज्ञापन प्रसारण, खेलाडीको टिसर्ट र मैदानमा राखिएका विज्ञापन तथा बेटिङ्ग गतिविधि भएको उजुरी बोर्डमा परेको थियो।

बोर्डले पटक–पटक स्पष्टीकरण माग्दा क्यानले कार्यव्यस्तता देखाउँदै टारेको ठहर गर्दै अबदेखि यस्ता गतिविधि नगर्न निर्देशन दिएको हो। बेवास्ता गरेमा भविष्यमा क्यानलाई समेत विज्ञापन गर्न रोक लगाइने चेतावनी दिइएको छ।

कानुनी आधार

बोर्डले गरेको कारबाही विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ट) र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को दफा ११ (ख)(१) अनुसार भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech