Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं ।ललितपुर प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङलाई पक्राउ गरी थुनामा राखेको छ।

गुरुङकी पूर्वपत्नीले दिएको जाहेरीका आधारमा उनलाई जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालअन्तर्गत १ नम्बर गणमा कार्यरत गुरुङलाई मंगलबार पक्राउ गरिएको हो।

मुद्दा दर्ता हुनु अघि नै गुरुङले सामाजिक सञ्जालमार्फत आफू नै पीडित भएको दाबी गरेका थिए। फेसबुकमार्फत उनले छोरीलाई भेट्न जाँदा पूर्वपत्नीले अपमानजनक व्यवहार गरेको र त्यसको प्रतिकार गर्दा उल्टै झुट्टा आरोप लगाइएको बताएका छन्।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech