Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा फैसला कार्यान्वयन अभियानलाई तीव्रता दिँदै ५ हजार ५८५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा मात्र १ हजार ६७ जना पक्राउ परेका थिए भने यस वर्षको संख्या पाँच गुणा अर्थात् ४२३ प्रतिशतले बढेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार पक्राउ संख्यामा आएको यो उछालले “कानुनभन्दा माथि कोही छैन भन्ने सन्देशलाई थप बलियो बनाएको” छ। उनले भने,
“एकै जिल्लाबाट हजारौँ फरार अपराधी पक्राउ हुनु प्रहरी संगठनप्रतिको जनविश्वास मजबुत भएको प्रमाण हो। राजधानीमै कानुनी शासनको कार्यान्वयनमा यो ठूलो योगदान हो।”

प्रहरीले सो अवधिमा जरिवाना संकलनमार्फत २४ करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।

अपराध दर्ता र प्रहरीको संरचना

आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं प्रहरी परिसरमा १२ हजार ९१५ मुद्दा दर्ता भएका थिए, जसअन्तर्गत ८ हजार ५२० जनालाई पक्राउ गरिएको छ। तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा काठमाडौंमा अपराध दर्ता दर उतारचढावसहित बढ्दो क्रममा रहेको पाइएको छ।

काठमाडौं परिसरमा स्वीकृत दरबन्दी ४ हजार १६ भए पनि हाल कार्यरत प्रहरी संख्या ३ हजार २३३ मात्र रहेको छ। तीमध्ये ४०९ महिला र २८२४ पुरुष प्रहरी छन्।

यति कम संख्यामा पनि परिसरले दैनिक २ हजार ५२१ प्रहरी परिचालन गरी राजधानीका ५५२ स्थानमा शान्ति–सुरक्षाको व्यवस्था कायम राख्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech