Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं । गृह मन्त्रालयले ठूलो संख्यामा प्रशासनिक सरुवा गरेको छ । मन्त्रालयले २० जना सहसचिव र २४ जना उपसचिवको सरुवा गरी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) र अन्य जिम्मेवारी तोकेको हो ।

यस सरुवामा काठमाडौं, ललितपुर, भक्तपुरलगायतका ठूला सहरका सिडिओ समेत परिवर्तन भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा पठाइएको छ भने, मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत छविलाल रिजाईलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

सहसचिव स्तरमा तोयनारायण सुवेदीलाई पर्सा, सुमन घिमिरेलाई ललितपुर, नमराज घिमिरेलाई भक्तपुर र प्रकाश पौडेललाई बाराको सिडिओको जिम्मेवारी दिइएको छ।

यस्तै, दोलखामा भोला दाहाल, भोजपुरमा बाबुराम गौतम, सुंखुवासभामा सृजना थपलिया, पाल्पामा बिनु बज्राचार्य कुँवर, सिराहामा वसन्त अधिकारी, सप्तरीमा टुवराज पोखरेल, धनकुटामा शिवराज गेलाल, ओखलढुंगामा मेखबहादुर मंग्राती, दाङमा विश्वप्रकाश अर्याल र धादिङमा विजयराज सुवेदी खटाइएका छन्।

उपसचिव सिडिओ हुने १२ जिल्लामा पनि हेरफेर भएको छ।
बाजुरामा गणेश पौडेल, सोलुखुम्बुमा लीलाकुमार केसी, रसुवामा राजेश पन्थी, मनाङमा नवराज पौडेल, ताप्लेजुङमा शिवराज सेढाई, मुगुमा खडानन्द सुवेदी, रुकुम (पूर्व) मा सीता परियार, म्याग्दीमा बद्रीप्रसाद तिवारी, कालिकोटमा गोकर्णराज सुयल, रुकुम (पश्चिम) मा दिनेकुमार थानी, डोल्पामा भीमराज कोइराला र हुम्लामा टेककुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ।

गृह मन्त्रालयले गरेको यो ठूलो प्रशासनिक सरुवाले जिल्लास्तरीय प्रशासनिक काममा चाँडै प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech