Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

कोहलपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिको आयोजनामा वडा नम्बर–७ अन्तर्गत लखना र रजगड्वामा पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप जनताको हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

भदौ १६ गते बिहान १० बजे सुरु कार्यक्रममा स्थानीय क्षेत्रका सक्रिय कार्यकर्ता तथा नागरिकको उल्लेख्य उपस्थिति रहेको नगर समितिले जनाएको छ। कार्यक्रममा उपस्थित जनसमुदायले लामिछानेविरुद्ध गरिएका गतिविधिको विरोध गर्दै समर्थन हस्ताक्षर गरेका थिए।

कार्यक्रममा जिल्ला सचिव राजेन्द्र कुमार श्रेष्ठ, नगर कार्यबाहक सभापति गङ्गा पोख्रेल र नगर सचिव देबिन सुवेदी लगायतका नेताहरू सहभागी भएका थिए। उनीहरूले लामिछानेमाथि गरिएको प्रतिशोधपूर्ण कदमले जनताको विश्वास र लोकतान्त्रिक मूल्य–मान्यतालाई आघात पुर्‍याएको भन्दै एकजुट भएर प्रतिरोध गर्नुपर्ने बताएका थिए।

रास्वपा नगर समितिले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सबै कार्यकर्ता र स्थानीयवासीलाई धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech