Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

रोल्पा — पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन रोल्पाबाट गर्ने भएका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका उनले रोल्पा सदरमुकाम लिबाङस्थित टुँडिखेलमा शनिबार २१ फागुनमा हुने चुनावका लागि सार्वजनिक अपिल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
चुनावअघि देशभर अन्य ठूला कार्यक्रम नरहेको र रोल्पाबाटै राष्ट्रिय सन्देश दिने तयारी गरिएको सचिवालयको भनाइ छ। कार्यक्रममा करिब १५ हजार सर्वसाधारणको उपस्थिति रहने अपेक्षा गरिएको जिल्ला इन्चार्ज राजबहादुर बुढाले बताए।
‘नेपाली क्रान्तिका नायक प्रचण्डले रोल्पाबाट चुनावी सम्बोधन गर्नु आफैंमा अर्थपूर्ण हुनेछ,’ बुढाले भने, ‘निर्णायक अवस्थाको यो सम्बोधन रोल्पालीप्रतिको सम्मान पनि हो।’
दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा प्रचण्डले लामो समय रोल्पामा बिताएका थिए। हाल उनी रुकुम पूर्व बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्। उनका विश्वासपात्र वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट उम्मेदवार बनेका छन्।
लिबाङमा हुने सभालाई प्रचण्डसँगै कृष्णबहादुर महरा, ओनसरी घर्तीमगर लगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech