Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक पुरुष मृत फेला परेका छन्। मृत फेला पर्नेमा बाराका ५७ वर्षीय हीरालाल पासवान रहेका छन्।

सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती भत्काएपछि विस्थापित भएका पासवान परिवारसहित कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रको होल्डिङ सेन्टरमा पुगेका थिए। गत २७ असारमा होल्डिङ सेन्टरभित्रै बाढी पसेपछि सरकारले त्यहाँ रहेका विस्थापितलाई बोडेस्थित कृषि विकास तालिम केन्द्रको होल्डिङ सेन्टरमा सारेको थियो।

पासवान छोरा रवि र दुई नातिनीसहित ६ सदस्यीय परिवारसँग होल्डिङ सेन्टरमा बस्दै आएका थिए। थापाथली बस्तीबाट विस्थापित भएपछि उनका छोरा रविले ज्याला मजदुरी गर्दै आएका थिए भने हीरालाल बदाम बेच्ने गर्थे।

छिमेकीका अनुसार होल्डिङ सेन्टरमा बसाइ अनिश्चित हुनुका साथै सरकारले उपलब्ध गराउने भनिएको जग्गाको सूचीमा आफ्नो नाम नपरेपछि हीरालाल केही समययता चिन्तित देखिन्थे।

प्रहरीका अनुसार उनी होल्डिङ सेन्टरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। घटनाबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान भइरहेको जनाएको छ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अनुसार हीरालाल सन् २०६३ सालदेखि थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए।

प्रहरीले घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech