Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले एक युवतीसहित होटेलबाट नियन्त्रणमा लिएका छन् ।

स्थानीयका अनुसार श्रेष्ठलाई मध्यरातमा नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाइएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले श्रेष्ठलाई जिल्ला कार्यालयमा ल्याएको जनाएको छ ।

जिम्मेवारी र प्रहरी मर्यादाविपरीत गतिविधि गरेको आरोपमा स्थानीयले श्रेष्ठलाई नियन्त्रणमा लिएको बताइएको छ । यद्यपि, घटनाबारे प्रहरीको अनुसन्धानबाट आधिकारिक तथ्य भने खुल्न बाँकी छ ।

श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरीका रूपमा घोषित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रबिन कार्कीले स्थानीयबाट खबर आएपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए ।

‘श्रेष्ठसहित दुईजना नै प्रहरी नियन्त्रणमा छन्, थप अनुसन्धान भइरहेको छ,’ एसपी कार्कीले भने ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech