Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित मिलन कटेजको गेटमा कार्तिक ६ गते राति फलामको रड र धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाएर फरार रहेका एक युवक पक्राउ परेका छन्।

जाजरकोट भेरी नगरपालिका–४ बस्ने ३० वर्षीय निरज शाहीले राति करिब ८ बजे तीन जनामा आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनापछि उनी फरार रहेका थिए।

घटनासम्बन्धी ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि शाहीलाई कार्तिक २४ गते प्रहरीले पक्राउ गरेको हो। अदालतले उनलाई ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech