ट्रेण्डिङ

मुगु – पेशागत बीमा अभिकर्ता संघ, बिमक मुगु उपशाखाको दोस्रो अधिवेशन शुक्रबार वरिष्ठ एजेन्सी म्यानेजर भिम प्रसाद जैसीको अध्यक्षतामा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ नेतृत्व चयन गर्दै संस्थागत स्थायित्व र सशक्तिकरणको दिशामा नयाँ कदम चालेको छ।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्षमा भिम प्रसाद जैसी, उपाध्यक्षमा लोकेन्द्र बहादुर भण्डारी, सचिवमा हरिमुन भण्डारी, कोषाध्यक्षमा सुकमाया शाही, सह–सचिवमा सर्जन कुमार शाही चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा शंकर राज भट्ट, प्रेम बहादुर बुढा, अप्सरा श्रेष्ठ, टेकेन्द्र कुमार भाम, कुबेर बुढा र सुमन बुढा चयन भएका छन्।

नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै पेशागत बीमा अभिकर्ता संघ बिमकका केन्द्रिय उपाध्यक्ष जुहारी लाल चौलागाईं (जय प्रकाश) ले विश्वास व्यक्त गरे, “पेशागत बीमा क्षेत्रको मजबुत विकास तथा सेवाग्राहीको हितमा समर्पित रही कार्य गर्ने तपाईंहरूको सामूहिक प्रयासले संघ अझ सक्षम र प्रभावकारी बन्छ भन्ने पूर्ण विश्वास लिएको छु।”

उनले थपे, “तपाईंहरूको कार्यकाल उत्साह, प्रेरणा र उपलब्धिपूर्ण रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु।”

कार्यक्रमको सफल आयोजना एवं व्यवस्थापनका लागि बिमक कर्णाली प्रदेश अध्यक्ष कृप राज भट्टलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले नेतृत्वको परिवर्तनसँगै बीमा क्षेत्रको व्यावसायिकता, पारदर्शिता र सेवा विस्तारमा सकारात्मक गति आउने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech