ट्रेण्डिङ

 

काठमाडौं — गृहमन्त्री रमेश लेखकले नेपाललाई लागू औषधमुक्त राष्ट्र बनाउने अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। शुक्रबार कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्यूरोको कार्यालय निरीक्षण गर्ने क्रममा गृहमन्त्रीले लागू औषधको उत्पादन, भण्डारण र प्रयोग जस्ता समस्यालाई मुलुकको लागि गम्भीर चुनौतीका रूपमा उल्लेख गरे।

उनले लागू औषधको प्रयोगले केवल स्वास्थ्यमा असर गर्ने नभई, सडक दुर्घटना, आत्महत्या र साइबर अपराधजस्ता सामाजिक समस्याहरूलाई पनि बढावा दिइरहेको बताए। यही समस्यालाई सम्बोधन गर्न सरकारले एक वर्षअघि लागू औषधविरुद्ध महाअभियान सञ्चालन गरेको र त्यसको सकारात्मक परिणाम देखिएको उनको भनाइ थियो।

गृहमन्त्री लेखकले यो अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजान आम नागरिक, प्रहरी र सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार, स्रोत र साधनको अभाव हुँदाहुँदै पनि इच्छाशक्ति र स्पष्ट योजनाका कारण पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति सम्भव भएको छ।

उनले युवामाझ लागू औषधको लत बढिरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। देशको भविष्य युवापुस्तामाथि निर्भर रहेको बताउँदै गृहमन्त्रीले उनीहरूलाई सुरक्षित राख्न अभियानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिए। केवल अपराधमा संलग्नलाई कारबाही गरेर नपुग्ने भन्दै लागू औषधविरुद्ध सामाजिक सचेतना फैलाउनु आवश्यक रहेको धारणा उनले राखे।

यसैक्रममा गृहमन्त्रीले लागू औषध नियन्त्रण ब्यूरोलाई अब विभागका रूपमा विकास गरिने पनि जानकारी दिए। उनले यस सम्बन्धमा प्रहरी महानिरीक्षक दीपक थापा र प्रहरी प्रधान कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइसकेको बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले गृहमन्त्रीको प्रस्तावको प्रशंसा गर्दै नेपाल प्रहरीले विगतदेखि नै लागू औषध नियन्त्रणको क्षेत्रमा देशव्यापी रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिए।

उक्त कार्यक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रमुख चन्द्र कुबेर खापूङ, लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख कृष्णप्रसाद कोइरालालगायत प्रहरीका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech