Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

बाँके — नेपालगन्ज–४ बसपार्क नजिक प्रहरीले लागुऔषध कारोबारी नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ। विशेष सूचनाका आधारमा भएको अपरेसनमा प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।

पक्राउको क्रममा कारोबारीले असई नवीन शाहीमाथि चक्कु र सिसाको बोतलले आक्रमण गरेपछि प्रहरीले प्रतिकारस्वरूप गोली चलाएको हो। गोली लागी भारतको रुपइडिहाका २० वर्षीय कार्तिक कुमार खुट्टामा घाइते भएका छन्। उनको उपचार नेपालगन्जस्थित संजिवनी अस्पतालमा भइरहेको छ।

घटनामा असई शाही पनि घाइते भएका छन्। प्रहरीले कार्तिकसहित नेपालगन्जका अमन साह, भाइजान अन्सारी र भारतका अजयकुमारलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech