ट्रेण्डिङ

आशाका किरण

थाक्न सक्ला मनका रहरहरू,
उब्जिन सक्ला शरीरमा जहरहरू।
सकिएला बरू सपना सबै,
जकडिएला कहरहरू।

नमिठो हावा बग्छ अहिले,
नपुग्ने चाहनाको चिहान भित्रै।
हासोका आवरणभित्र कतै,
रोइरहेछ आत्मा नितान्तै।

आकाशमा तारा त छन्,
तर मनमा उज्यालो छैन।
बिछोडका डोरा गाँसिएका छन्,
सम्झनाको आवाज पनि मौन।

कहिल्यै नफर्किने बाटोमा छु,
फर्कन मनले पनि डराउँछ।
अँध्यारो भित्र उज्यालो खोज्दा,
आफैंमा आफैं हराउँछ।

तर,
अझै कतै मुटुको कुनामा,
नरम किरण पलाइरहेछ होला।
त्यो किरणले भन्छ निरन्तर,
“हराउनु अन्त्य होइन,
फेरि उठ्नु नै जीवन हो।”

थाक्ला रहरहरू तर फेरि उम्लनेछन्,
सपना फेरि गुँडनेछन् नयनमा।
कहिल्यै नफर्किन लाग्ने बाटो पनि,
लाग्नेछ पक्कै पनि मन आशाको किरणमा।

 

सुरेश चदारा
शिक्षा सङ्काय सातौ सेमेस्टर
मद्यपश्चिम बिश्वबिद्धालय बागेश्वरी बहुमुखी क्याम्पस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech