कोहलपुर, २९ वैशाख । कोहलपुर–८ बबननगरस्थित नमुना विद्या सदन इङ्लिस मिडियम सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा शतप्रतिशत नतिजा हासिल गरेको जनाएको छ ।
विद्यालयले SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी सफल भएकोमा खुसी व्यक्त गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिएको छ ।
विद्यालय प्रशासनले उत्कृष्ट नतिजा विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनका साथै शिक्षकहरूको निरन्तर मार्गदर्शन तथा अभिभावकको साथ र सहयोगका कारण सम्भव भएको उल्लेख गरेको छ ।
विद्यालयले SEE उत्तीर्ण विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ उत्कृष्ट सफलता हासिल गर्न प्रेरित गर्दै भविष्यमा थप प्रगति गर्न शुभकामना व्यक्त गरेको छ । साथै विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।







