ट्रेण्डिङ

चितवननेपाल कम्युनिष्ट पार्टी (बहुमत) खैरहनी नगरकमिटीले खैरहनी नगरपालिका अन्तर्गतको नापी कार्यालय प्रमुख शालिकराम लम्सालविरुद्ध जनकारबाही गरेको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, लम्सालमाथि विभिन्न अनियमितता र भ्रष्टाचारका आरोप लगाइएको छ। उनीमाथि पूर्वी चितवनका विभिन्न स्थानको जग्गा कित्ताकाटका क्रममा मोटो रकम बुझ्ने, भू–माफियासँग मिली कित्ताकाट गर्न नमिल्ने जग्गा समेत टुंग्याइदिने, र माफियालाई सहयोग पुर्‍याउने जस्ता कार्य गरेको आरोप लगाइएको हो।

यस्तै, सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने, कार्यालय समय बाहिर भू–माफियासँग छलफल गर्ने, र सरकारी कार्यमा ढिलासुस्ती गर्ने आरोप पनि पार्टीले लगाएको छ।

नगरकमिटीका अनुसार, यस्ता गतिविधिले सरकारी कार्यालयको विश्वसनीयता मात्र होइन, सर्वसाधारणको अधिकारमै हनन भएको छ। त्यसैले स्थानीय स्तरमा जनकारबाही गरिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech