ट्रेण्डिङ

ताजा अपडेट

 कोहलपुर – इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा कोहलपुर नगरपालिका–६, रझेनास्थित वडा कार्यालयको सभाहलमा आज नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले गरे भने प्रमुख आतिथ्य कोहलपुर–६ का वडा अध्यक्ष श्रीकृष्ण थारुले जनाएका थिए। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख, निर्वाचित जनप्रतिनिधि, वडा स्तरका जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति थियो।

सुनुवाई कार्यक्रममा प्रहरी सेवाप्रवाहलाई अझ छिटो, छरितो, निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउनुपर्ने विषयमा सहभागीले सुझाव र गुनासा राखेका थिए। डीएसपी खनालले सबै गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गर्दै, प्रहरीको कामकाज र सेवाप्रवाहलाई अझ जनउत्तरदायी बनाउने आश्वासन दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech