Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजपरिवारका सदस्यहरू राष्ट्रको रक्षा र धर्म संरक्षणका लागि सडकमा उत्रिने तयारीमा रहेको दाबी गरेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजकसमेत रहेका प्रसाईँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। उनले राजपरिवारका सदस्यहरू राष्ट्रको रक्षा, धर्मको संरक्षण र नागरिकको हितका लागि सडक आन्दोलनमा सहभागी हुने तयारीमा रहेको उल्लेख गर्दै फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुन सर्वसाधारणलाई आह्वान गरेका छन्।
प्रसाईँले नेपाललाई “युक्रेनजस्तो अवस्था हुनबाट जोगाउन” सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन्। उनले राष्ट्र, धर्म र नागरिकको सुरक्षालाई साझा जिम्मेवारी भन्दै तन, मन र बचनले उपस्थित हुन आग्रह गरेका छन्।
यसअघि निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा निर्वाचन आयोगले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो। सोही आधारमा प्रहरीले प्रसाईँलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो। उनी मंगलबार रिहा भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech