ट्रेण्डिङ

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक नम्बर ब्यूरो सदस्य तथा पाँचथर जिल्ला सचिव डिल्लीबहादुर कटुवाल पक्राउ परेका छन्। उनलाई झापाको बुद्धशान्ति गाउँपालिका–५, शान्तिनगर बाट प्रहरीले नियन्त्रणमा लिएको हो।
पार्टीका अनुसार कटुवाल पार्टीको कामका सिलसिलामा बिहीबार झापा पुगेका थिए। सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। पक्राउको कारणबारे आधिकारिक रूपमा प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
यस घटनापछि पार्टीको एक नम्बर ब्यूरोले विज्ञप्ति जारी गर्दै कटुवाललाई तत्काल रिहा गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सुशिला नेतृत्वमा रहेको कठपुतली सरकारले गरेको यस किसिमको हर्कतको घोर विरोध तथा भर्त्सना गर्दै क. डिल्लीबहादुर कटुवाललाई अविलम्ब रिहा गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं।” साथै, रिहा नगरे संघर्षमा उत्रने चेतावनीसमेत दिइएको छ।
पार्टीले सरकारले चुनाव बिथोल्न खोजेको आरोप लगाउँदै आफ्ना नेताहरूलाई धमाधम नियन्त्रणमा लिइरहेको दाबी गरेको छ। यसअघि पनि बहुमतका महासचिव धर्मेन्द्र बास्तोला लगायतका नेताहरू प्रहरी हिरासतमा रहेका छन्।
आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बास्तोलाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका छन्। उक्त रिटमाथि आज कारण देखाउ आदेश जारी भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech