Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

०८ फागुन २०८२ नेपालगञ्ज;– बाँकेको राँझा क्षेत्रमा पछिल्लो समय शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरी सक्रियता उल्लेखनीय रूपमा बढेको छ। प्रहरी विट राँझाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (प्रसनि) जोगिलाल परियारको कमाण्डमा सञ्चालन गरिएको कडा चेकिङ अभियानका क्रममा एक हप्तामै करिब एक लाख रुपैयाँ बराबरको भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको खाद्यान्न सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खुला सीमाका कारण बेला–बेलामा भन्सार छलि गरी विभिन्न खाद्यान्न सामग्री नेपाल भित्र्याउने प्रयास हुने गरेको अवस्थामा राँझा प्रहरीले निगरानीलाई तीव्र बनाएको हो। प्रसनि परियारको नेतृत्वमा खटिएको टोलीले दैनिकजसो चेकजाँचलाई प्रभावकारी बनाउँदै सवारी साधन, गोदाम तथा शंकास्पद गतिविधिमाथि विशेष निगरानी राख्दै आएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामग्रीहरू सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। अवैध आयात नियन्त्रणले स्थानीय बजारमा हुने मूल्य असन्तुलन, राजस्व चुहावट तथा गुणस्तरहीन सामग्रीको जोखिम न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।
स्थानीय बासिन्दाहरूले पनि राँझा क्षेत्रमा पछिल्लो समय प्रहरी सक्रियता बढेको महसुस गरेको बताएका छन्। “पहिले जस्तो खुला रूपमा अवैध सामान ओसारपसार गर्न सकिने अवस्था छैन। दैनिकजसो चेकिङ हुन्छ, प्रहरी उपस्थितिले हामीलाई सुरक्षित महसुस गराएको छ,” एक स्थानीय व्यवसायीले बताए।
प्रसनि परियारले जिम्मेवारी सम्हालेयता अवैध कारोबार नियन्त्रणसँगै अन्य विभिन्न आपराधिक गतिविधि रोकथाममा पनि विशेष ध्यान दिइएको स्रोतले जनाएको छ। लागूऔषध ओसारपसार, चोरी–डकैती जस्ता घटनालाई नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच तथा समुदायसँग सहकार्यलाई प्राथमिकतामा राखिएको छ।
प्रहरीको सक्रियताले सीमावर्ती क्षेत्र हुँदै हुने साना–ठूला गैरकानुनी गतिविधिमा कमी आएको स्थानीयहरूको भनाइ छ। शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई समेत प्रभावकारी बनाइएको छ।
राँझा जस्तो संवेदनशील क्षेत्र विमानस्थल  रहनुका साथै र सीमावर्ती क्षेत्रसमेत नजिक रहेका कारण कडा चेकिङ र निरन्तर निगरानी गर्नु परेको प्रहरी श्रोतले बताएको छ । प्रसनि जोगिलाल परियारको नेतृत्वमा भइरहेको प्रयासले कानुन कार्यान्वयनलाई मजबुत बनाउँदै सुरक्षित र व्यवस्थित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech