ट्रेण्डिङ

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नागरिक सेवालाई सहज, प्रविधिमैत्री र पारदर्शी बनाउन थालेका नवीन प्रयासहरूले सार्थकता पाउन थालेका छन्। प्रहरी प्रमुख एसपी जनक शाहीले आफ्नो कमाण्ड सम्हालेको ४ महिनामा आन्तरिक सुधारदेखि सीमा सुरक्षा र सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको बताएका छन्।

खुला सीमाका चुनौतीहरूलाई चिर्दै रुपन्देही प्रहरीले अवैध ओसारपसार र तस्करीविरुद्ध कडा कदम चालेको छ। तालिमप्राप्त कुकुरसहितको संयुक्त चेकिङ, सीमा क्षेत्रमा ५५ भन्दा बढी संयुक्त गस्ती र काउन्टरपार्ट्स बैठकले सीमा सुरक्षा थप मजबुत बनाएको छ।
सेवाग्राहीमैत्री नयाँ अभ्यासहरू :
एसपी शाहीको पहलमा अपाङ्गता भएका सेवाग्राहीका लागि ह्विलचियर, निःशुल्क जहानी/निवेदन लेखन, र २४ सै घण्टा सहयोगका लागि नागरिक सहजकर्ताको व्यवस्था गरिएको छ। त्यस्तै, एआई प्रविधिमार्फत सेवासम्बन्धी जानकारीमूलक भिडियो, अनलाइन उजुरीका लागि क्युआर कोड, र गस्ती ट्र्याकिङका लागि सामाजिक सञ्जालको व्यापक प्रयोग गरिएको छ।
विपद् व्यवस्थापन र उद्धारका लागि ७ सयभन्दा बढी प्रहरी कर्मचारीलाई विशेष अनुशिक्षण तालिम दिइएको छ भने अपराध अनुसन्धान टोलीका लागि छुट्टै विशिष्ट पोशाकको व्यवस्था गरिएको छ। सरुवा र काज प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउन ‘आन्तरिक सरुवा मापदण्ड’ लागू गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ को मुख्य तथ्याङ्क :
· कुल राजस्व संकलन : रु. १८ करोड ४० लाख ८५ हजार ९४० (पछिल्लो ४ महिनामा मात्र रु. ८ करोड ८३ लाखभन्दा बढी राजस्व संकलन तथा ७३ जना पक्राउ)
· १९२ जना तस्कर पक्राउ र ४३४ वटा सवारी नियन्त्रणमा
विशेष रणनीति :
तस्करीमा संलग्न १४८ जनाको तीनपुस्ते खुलाएर प्रोफाइल निर्माण गरी नियमित निगरानी र सूचना संकलन सुरु गरिएको छ, जसले संगठित अपराधको सञ्जाल भत्काउन ठूलो मद्दत पुग्नेछ। प्रत्येक सीमावर्ती इकाइमा कम्तीमा ७ जना प्रहरीको थप जनशक्ति परिचालन गरिएको छ।
यस्तो खालको क्रियाशिल अभियानका लागि दिनरात नभनी खट्ने सम्पूर्ण रुपन्देही प्रहरीप्रति नागरिकले धन्यवाद व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस् : तपाईंलाई यस्ता सुधारले सहज महसुस भएको छ ? कमेन्ट गर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech